आजदेखि लागू हुनेगरी अण्डाको मूल्य बढ्यो

काठमाडौँ, ६ साउन । आजबाट लागू हुनेगरी अण्डाको मूल्य बढेको छ ।

नेपाल लेयर्स कुखुरापालक सङ्घले ठूला फार्महरूको मूल्य लिएर बजार मूल्य तय गर्ने गर्दछ । सङ्घका अनुसार ठूलो अण्डा प्रतिक्रेट (३० वटाको) रु ४५० बाट ५०० पुगेको छ । मध्यम अण्डा रु ४२० वाट ४७० पुगेको छ । सानो अण्डा रु ४१५ पुगेको छ । सबैमा प्रतिक्रेट रु ५० बढेको हो ।

दैनिक ४५ लाख गोटा हाराहारी अण्डा उत्पादन हुँदै आएकामा वर्डफ्लुका कारण घटेर २८ लाख हाराहारीमा झरेको छ । जेठको अन्तिममा एक क्रेट (३० वटा) अण्डाको रु ५५० मा बिक्री भएकामा झरेर रु ४५० मा आइपुगेको थियो । एक क्रेट अण्डाको लागत मूल्य ५७३ रुपैयाँ ६० पैसा पर्न आउँदछ । प्रतिगोटा रु १९ रुपैयाँ १२ पैसा पर्न आउँछ । अहिले अण्डाको खपत बढेसँगै मूल्य बढ्न थालेको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० भदौ । रसुवा र नुवाकोटमा बाढीका कारण प्रभावितहरूको उद्धारलाई पहिलो प्राथमिकतामा राखिएको गृहमन्त्री सुधन गुरुङले बताएका छन् ।

काठमाडौँ, १० भदौ । सभामुख डोलप्रसाद अर्यालले रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट भएको ठुलो धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त

काठमाडौँ, १० भदौ । सरकारले भोटेकोशी बाढीबाट घाइतेहरूको निःशुल्क उपचार गर्ने भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै

काठमाडौँ, १० भदौ । प्रतिनिधिसभामा आज हुने भनिएको प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम स्थगित भएको छ । दिउँसो १ बजेदेखि सुरु