बलात्कार आरोपमा एक बृद्ध पक्राउ

मकवानपुर, २ साउन । बलात्कार आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुरगढी गाउँपालिका–७, सुकौरा न्यौपानेटारका ६८ वर्षीय सिताराम नेपाल छन् । १० वर्षीया एक बालिकाको बलात्कार गरेको उनीमाथि आरोप छ । शुक्रबार राति उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

सितारामले ती बालिकाको बलात्कार गरेको भन्ने उजुरीका आधारमा नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ साउन । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ

पर्सा, २ साउन । वीरगञ्ज भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८२/८३ मा रु दुई खर्ब ४३ अर्ब ८२ करोड राजस्व

काठमाडौँ, २ साउन । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर यसप्रकार निर्धारण गरेको छ । Exchange Rate

काठमाडौँ, १ साउन । अघिल्लो दिन जम्मा ७.५० अंक बढेको सेयर बजार शुक्रबार ७९.७४ अंक (३.०६ प्रतिशत) बढेको छ ।