मान्छेमा धैर्यता भएन, संघर्ष गर्न कोही तयार छैन: मुख्यमन्त्री बानियाँ

मकवानपुर, २ साउन । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले वर्तमान लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था गरिब, निमुखा र आवाजविहीनहरूको हितका लागि भएको बताएका छन् ।

मकवानपुरको चौघडा स्थित नवजिवन ज्योति क्लब भवनको उद्घाटन गर्दै मुख्यमन्त्री बनियाँले संघीयताकै कारण गाउँगाउँमा विकास र पहुँच पुगेको बताए । वर्तमान व्यवस्थाकै कारण मुख्यमन्त्री बानियाँले बागमती प्रदेश सरकार गरिब र सीमान्तकृत जनताको अभिभावक बनेको बताए । मुख्यमन्त्री बानियाँले पछिल्लो समय सामाजिक सञ्जालमा बढ्दो नकारात्मकता र गालीगलौजको संस्कृतिप्रति चिन्ता व्यक्त गरे। 

उनले भने, ‘हिजो एकात्मक राज्य प्रणाली हुँदा सबैतिर पहुँच पुग्दैनथ्यो, सामान्य नागरिकको सामर्थ्य पुग्दैनथ्यो । आज स्थानीय र प्रदेश सरकारको समन्वयमा विकास निर्माणका कामहरू तल्लो तहसम्म पुगेका छन् । यो व्यवस्था ठुलो संघर्ष र सशस्त्र विद्रोह पछिको शान्ति प्रक्रियाबाट प्राप्त भएको हो । यसलाई मास्न खोज्ने र बदनाम गर्नेहरूबाट सचेत रहन पर्छ । मान्छेमा धैर्यता भएन, सबै कुरा तुरुन्तै प्राप्त होस् भन्ने चाहना छ तर संघर्ष गर्न कोही तयार छैन । बिहान उठ्ने बित्तिकै मोबाइल हेरेर ठिक र बेठिक नछुट्याई नकारात्मक टिप्पणी गर्ने प्रवृतिले देश विकासमा बाधा पुर्‍याउँछ ।’

उनका अनुसार बागमती सरकारले प्रशासनिक खर्च कटौती र सुशासनका लागि आफूले मन्त्रालयको संख्या घटाएर ८ कायम गरिएको छ । मुख्यमन्त्रीसहित ८ वटा मन्त्रालयको स्वरूपमा नै अघि बढ्ने तयारी अनुसार हाल केही मन्त्रीहरू बिना विभागीय रहेको भए पनि छिट्टै कार्यविभाजन टुंगिने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ साउन । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ

पर्सा, २ साउन । वीरगञ्ज भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८२/८३ मा रु दुई खर्ब ४३ अर्ब ८२ करोड राजस्व

काठमाडौँ, २ साउन । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर यसप्रकार निर्धारण गरेको छ । Exchange Rate

काठमाडौँ, १ साउन । अघिल्लो दिन जम्मा ७.५० अंक बढेको सेयर बजार शुक्रबार ७९.७४ अंक (३.०६ प्रतिशत) बढेको छ ।