रहस्यमय गाडी पार्किङबारे महासचिव पोखरेलको प्रतिक्रिया, “विनाशकाले विपरीत बुद्धि”

काठमाडौँ, २९ असार । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सञ्चार प्रतिष्ठानको प्रवेशमार्ग अवरुद्ध हुने गरी रहस्यमय ढंगले गाडी पार्किङ गरिएको घटनाप्रति टिप्पणी गर्दै यसलाई सञ्चार माध्यम र समाजलाई भयभित बनाउने बचकना प्रयास भएको बताउनुभएको छ।

महासचिव पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै, “विनाशकाले विपरीत बुद्धि” भन्दै सञ्चार प्रतिष्ठानको बाटो छेक्ने गरी गरिएको पार्किङले स्वतन्त्र सञ्चारमाथि मनोवैज्ञानिक दबाब सिर्जना गर्ने प्रयास भएको उल्लेख गर्नुभएको छ।

उहाँले यस्तो गतिविधिले सञ्चार माध्यम र समाजलाई त्रसित बनाउने उद्देश्य बोकेको देखिएको भन्दै यस्ता बचकना हर्कतले लोकतान्त्रिक मूल्य, अभिव्यक्ति स्वतन्त्रता र स्वतन्त्र पत्रकारितालाई कमजोर बनाउन नसक्ने धारणा व्यक्त गर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० असार । संघीय संसद अन्तरगतको प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ । प्रतिनिधिसभाको हल सिंहदरवारमा आज विहान

काठमाडौँ, २९ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद अर्यालको भूमिका निष्पक्ष र

काठमाडौँ, २९ असार । सरकारले नेपालको सुरक्षा, शान्ति र व्यवस्था, मित्रराष्ट्रसँगको सु-सम्बन्धमा विरोध पार्ने कथावस्तुका फिल्मलाई मुलुकभित्र प्रदर्शन अनुमति नदिने

काठमाडौँ, २९ असार । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सरकारले समस्याको समाधान खोज्नुको साटो सरकारले बल  प्रयोग गरेर आवाज दबाउन