भक्तपुर जिल्ला पूर्ण खोप सुनिश्चित

काठमाडौँ, २९ असार । भक्तपुर जिल्लाभित्र रहेका सम्पूर्ण बालबालिका अर्थात् १० हजार ७४३ बालबालिकाले सम्पूर्ण खोप पूरा गरेपछि जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालयले मध्यपुरथिमिमा आयोजना गरेको कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा मगरले भक्तपुर जिल्लालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गर्दै प्रमाणपत्र हस्तान्तरण गरेका हुन् ।

त्यस अवसरमा प्रदेशमन्त्री थापाले खोप कार्यक्रमले बालबालिकाको जीवन रक्षा मात्र नभई स्वस्थ समाज निर्माणको आधार तयार गरेको बताए । उनले भक्तपुर अस्पतालमा मुटुरोग सेवा विस्तार, ख्वप अस्पतालमा अत्याधुनिक एमआरआई मेसिन जडानका लागि रु १५ करोड बजेट विनियोजन, सूर्यविनायक नगर अस्पताललाई ट्रमा सेन्टरका रूपमा विकास गर्न बजेट छुट्याइएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० असार । पूर्वी पहाड तथा तराईका विभिन्न जिल्लामा भएको वर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव बढ्न थालेको छ

काठमाडौँ, ३० असार । अविरल वर्षाका कारण सडकमा बाढी, पहिरो, ढुङ्गा खस्ने तथा अन्य प्राकृतिक विपद्को जोखिम बढेकाले नागढुङ्गाबाट बाहिरिने

काठमाडौँ, ३० असार । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ

काठमाडौँ, ३० असार । सूचना तथा सञ्चार मन्त्रालयले नेपालको सुरक्षा, शान्ति र व्यवस्था तथा मित्रराष्ट्रसँगको सम्बन्धमा विरोध पार्ने कुनै पनि चलचित्रलाई