इमेलमा अश्लील म्यासेज गर्ने व्यक्ति पक्राउ

काठमाडौँ, २९ असार । पीडित महिलाको इमेलमा बारम्बार अश्लील तथा अपमानजनक म्यासेज पठाई दुःख हैरानी र मानसिक तनाव दिने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा नुवाकोट जिल्ला, तारकेश्वर गाउँपालिका वडा नम्बर ०५ स्थायी घर भई हाल काठमाडौँको बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १० कपन बस्ने ३४ वर्षीय सुरेन्द्र प्रसाद खनाल रहेका छन्।

आफूलाई दुःख हैरानी र मानसिक तनाव दिएको भन्दै पीडित महिलाले दिएको निवेदनका आधारमा नेपाल प्रहरी प्रधान कार्यालय, साइबर ब्युरोले अनुसन्धान सुरु गरेको थियो । ब्युरोको टोलीले प्राविधिक विश्लेषण र अनुसन्धान गर्ने क्रममा खनालको संलग्नता पुष्टि भएपछि उनलाई असार २६ गते काठमाडौँ महानगरपालिका–२७ बाट पक्राउ गरेको हो ।

पक्राउ परेका खनालमाथि विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० असार । संघीय संसद अन्तरगतको प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ । प्रतिनिधिसभाको हल सिंहदरवारमा आज विहान

काठमाडौँ, २९ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद अर्यालको भूमिका निष्पक्ष र

काठमाडौँ, २९ असार । सरकारले नेपालको सुरक्षा, शान्ति र व्यवस्था, मित्रराष्ट्रसँगको सु-सम्बन्धमा विरोध पार्ने कथावस्तुका फिल्मलाई मुलुकभित्र प्रदर्शन अनुमति नदिने

काठमाडौँ, २९ असार । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सरकारले समस्याको समाधान खोज्नुको साटो सरकारले बल  प्रयोग गरेर आवाज दबाउन