पोखरीमा डुबेर एक बालिकाको मृत्यु

काठमाडौँ, २९ असार । बाराको सदरमुकाम कलैया स्थित पोखरीमा नुहाउने क्रममा एक जना ६ वर्षीया बालिकाको डुबेर मृत्यु भएको छ ।

प्रहरीका अनुसार आइतबार साँझ साढे ६ बजे कलैया उपमहानगरपालिका–११ घोघरीयास्थित पोखरीमा स्थानीय सन्तोष पासवानकी छोरी राधिका कुमारी पासवान नुहाउने क्रममा डुबेकी थिइन् ।

उनलाई तत्कालै उद्धार गरी उपचारको लागि प्रादेशिक अस्पताल कलैया बारामा ल्याइएकोमा सवा ७ बजेको समयमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैयामै रहेको जिल्ला प्रहरी कार्यालय बाराको सूचनामा उल्लेख गरिएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ साउन । नेपाली कांग्रेस इतर समूहको राष्ट्रिय भेला आजबाट सुरु हुँदै छ । भेला काठमाडौँको सुकेधारास्थित मिराकल पार्टी

काठमाडौँ, २८ साउन । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएका छन् । आज साँझ बसेको प्रदेशसभाको बैठकलाई सम्बोधन

काठमाडौँ, २८ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अविरल वर्षाका कारण रोल्पाको थवाङ गाउँपालिका–५, कोतलाबाङमा गएको भीषण पहिरोमा परी ७

काठमाडौँ, २८ साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले दुर्घटना हुनै नदिने वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताएका