सेफ्टी ट्याङ्कीमा डुबेर एक बालिकाको मृत्यु

काठमाडौँ, १७ असार । कैलालीको गोदावरीमा निर्माणाधीन सेफ्टी ट्याङ्कीमा डुबेर बालिकाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार गोदावरी नगरपालिका–४ को बाँस्कोटामा निर्माणाधीन सेफ्टी ट्याङ्कीको खाल्टोमा डुबेर ५ वर्षीया बालिका शशिका मल्ल केसीको मृत्यु भएको हो ।

बाजुराको बुढीगंगा नगरपालिका-७ घर भई केसी हाल मामा घरमा बस्दै आएकी थिइन् । मंगलबार दिउँसो खेल्ने क्रममा निर्माणाधीन सेफ्टी ट्याङ्कीको खाल्टोमा खसेर डुबेको अवस्थामा उनी मृत फेला परेको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ असार । चितवन राष्ट्रिय निकुञ्जभित्रको जङ्गल सफारी सेवा आजदेखि बन्द हुने भएको छ । निकुञ्जले वर्षात्को समयमा भलबाढी आउने,

काठमाडौँ, १७ असार । कैलालीको गोदावरीमा निर्माणाधीन सेफ्टी ट्याङ्कीमा डुबेर बालिकाको मृत्यु भएको छ । प्रहरीका अनुसार गोदावरी नगरपालिका–४ को बाँस्कोटामा

काठमाडौँ, १७ असार । रुकुमकोटबाट सिस्ने गाउँपालिका–४ दाडिङ तर्फ जाँदै गरेको यात्रुवाहक जिप दुर्घटना भएको छ । लु१ज ४६२४ नम्बरको जिप

काठमाडौँ, १६ असार । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको मङ्गलबारको बैठकले पेट्रोल, डिजेल,