साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुने

काठमाडौँ, १७ असार । कृषि, वन तथा पर्यावरण मन्त्रालयले साउन महिनाभित्र करिब २ लाख १० हजार मेट्रिक टन रासायनिक मल नेपाल भित्र्याउने तयारी गरेको छ । 

किसानलाई राहत हुने गरी धानका लागि थप आवश्यक पर्ने मलको आपूर्ति सुनिश्चित गर्न मन्त्रालयले विभिन्न माध्यमबाट मल आयात प्रक्रिया अघि बढाएको जनाएको छ । 
मन्त्रालयका अनुसार सरकार–सरकार (जीटूजी)  सम्झौताअन्तर्गत भारतबाट ३० हजार मेट्रिक टन युरिया मल ल्याउँदै छ । उक्त मल असार अन्तिमदेखि साउनको दोस्रो साताभित्र नेपाल आइपुग्ने मन्त्रालयको भनाइ छ ।

भारतसँग जिटूजि मार्फत ८० हजार मेट्रिक टन भएको सम्झौता अनुसार पहिलो चरणमा ५० हजार मेट्रिक टन मल साउन दोस्रो साता नेपालमा भित्रिने छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

मकवानपुर, २ साउन । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले वर्तमान लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था गरिब, निमुखा र आवाजविहीनहरूको हितका लागि भएको

काठमाडौँ, २ साउन । ‘आइडीपी एजुकेसन स्टुडेन्ट सर्भिस’ले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मानव सेवा आश्रममा आश्रित बालबालिकाको शिक्षा र काठमाडौँबाट

काठमाडौँ, २ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मनसुनको

काठमाडौँ, १ साउन । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित जुत्ता–चप्पलको निर्यात प्रवर्द्धनमा सरकारले आवश्यक सहजीकरण गर्नेमा प्रतिबद्धता जनाएका छन् ।