रुकुमपूर्वमा यात्रुवाहक जिप दुर्घटना

काठमाडौँ, १७ असार । रुकुमकोटबाट सिस्ने गाउँपालिका–४ दाडिङ तर्फ जाँदै गरेको यात्रुवाहक जिप दुर्घटना भएको छ ।

लु१ज ४६२४ नम्बरको जिप सिस्ने गाउँपालिका–४ स्थित झाक्रीपोले क्षेत्रमा दुर्घटना भएको हो । दुर्घटनामा जिप चालकसहित १४ जना सवार रहेको खुलेको छ ।

दुर्घटनामा परी धेरै जना घाइते भएको स्थानीयले बताएका छन् । यद्यपि घाइतेको यकिन संख्या तथा उनीहरूको अवस्था खुलेको छैन । घटनास्थलमा स्थानीयवासीले उद्धार कार्य गरिरहेका छन् ।

जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वबाट प्रहरी टोली घटनास्थलतर्फ परिचालन भइसकेको प्रहरीले जनाएको । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ असार । चितवन राष्ट्रिय निकुञ्जभित्रको जङ्गल सफारी सेवा आजदेखि बन्द हुने भएको छ । निकुञ्जले वर्षात्को समयमा भलबाढी आउने,

काठमाडौँ, १७ असार । कैलालीको गोदावरीमा निर्माणाधीन सेफ्टी ट्याङ्कीमा डुबेर बालिकाको मृत्यु भएको छ । प्रहरीका अनुसार गोदावरी नगरपालिका–४ को बाँस्कोटामा

काठमाडौँ, १७ असार । गुल्मीको धुर्कोट गाउँपालिका–५ मन्टारीमा बँदैलका लागि राखेको करेन्टमा परेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी

काठमाडौँ, १६ असार । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको मङ्गलबारको बैठकले पेट्रोल, डिजेल,