राष्ट्रिय पुरुष तथा महिला बक्सिङ प्रतियोगिताको तयारी पूरा


काठमाडौँ, १० असार । नेपाल बक्सिङ महासंघको आयोजनामा असार ११ गतेदेखि १४ गतेसम्म काठमाडौँमा सञ्चालन हुने ३०औँ राष्ट्रिय पुरुष तथा ११औँ राष्ट्रिय महिला बक्सिङ प्रतियोगिता को सम्पूर्ण तयारी पूरा भएको छ।
महासंघका अनुसार प्रतियोगितामा देशभरबाट ७ वटा प्रदेशीय टोली तथा ३ विभागीय टोली गरी कुल १० टोली सहभागी हुनेछन्। प्रतियोगितामा पुरुषतर्फ र महिलातर्फ विभिन्न तौल समूहमा प्रतिस्पर्धा हुनेछ।

प्रतियोगितामा करिब ७९ जना खेलाडी सहभागी हुनेछन्, जसमा ४६ पुरुष र ३३ महिला खेलाडी रहेका छन्। खेलाडी, प्रशिक्षक, व्यवस्थापक तथा प्राविधिकसहित प्रतियोगितामा उल्लेख्य सहभागिता रहने आयोजकले जनाएको छ।

प्रतियोगिताको सफल सञ्चालनका लागि प्राविधिक, व्यवस्थापकीय तथा आवश्यक पूर्वाधार तयारी पूरा भइसकेको नेपाल बक्सिङ महासंघ महासचिव मान बहादुर भण्डारीले जानकारी दिए ।

प्रतियोगितामार्फत राष्ट्रिय स्तरका उत्कृष्ट खेलाडीको पहिचान, प्रतिभा विकास तथा अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि खेलाडी छनोटमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतियोगिताका सम्पूर्ण खेल काठमाडौं त्रिपुरेश्वरस्थित कबर्डहलमा सञ्चालन हुनेछन् भने विजेता खेलाडी तथा टोलीलाई पदक र प्रमाणपत्र प्रदान गरिने कार्यक्रम रहेको छ। राष्ट्रिय बक्सिङको विकास र प्रवर्द्धनमा प्रतियोगिता महत्वपूर्ण हुने विश्वास आयोजकको छ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशनमा हालसम्म निर्वाचन आयोगले विद्युतीय मतदानका लागि उम्मेदवारको सूची उपलब्ध नगराउँदा

एजेन्सी, १० असार । डेमोक्र्याटिक रिपब्लिक अफ कङ्गो (डीआरसी) मा मे १५ मा घोषणा गरिएको इबोला प्रकोपमा २७७ जनाको मृत्यु

काठमाडौँ, १० असार । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी

काठमाडौँ, ९ असार । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अदालतमा दायर हुने हरेक रिट निवेदनमा आफूलाई विपक्षी बनाउने परिपाटीप्रति असन्तुष्टि जनाएको