एजेंसी, १३ पौष । इंग्लिस प्रिमियर लिग फुटबलमा वेष्टह्याम युनाइटेडले साउथ ह्याम्पटनलाई पराजित गरेको छ ।
साउथह्याम्पटनको मैदानमा भएको खेलमा वेष्टह्यामले साउथ ह्याम्पटनलाई २–१ ले पराजित गरेको हो । जितसँगै वेष्ट ह्याम युनाइटेड १९ खेलबाट २७ अंक जोड्दै तालिकाको नवौं स्थानमा उक्लिएको छ ।
४५ अंक जोडेको टोटनह्याम दोस्रो स्थानमा रहँदा ४४ अंकसहित म्यानचेस्टर सिटी तेस्रो, ४० अंकसहित चेल्सी चौथो तथा ३८ अंकसहित आर्सनल पाँचौ स्थानमा छ।





