नेपालविरुद्ध स्कटल्याण्ड १९४ रनमै अलआउट

काठमाडौँ, ४ जेठ । नेपाली बलरहरु हाबी भएपछि स्कटल्याण्ड आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपालविरुद्ध १९४ रनमै अलआउट भएको छ ।

आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा स्कटल्याण्डले घरेलु टोलीविरुद्ध ३९.१ ओभरमा सबै विकेट गुमाएर १९४ रन मात्र बनाउन सक्यो । स्कटल्याण्डका निम्ति ब्रान्डन म्याकमुलेनले ७३ रनको अर्धशतकीय पारी खेले ।

म्याकमुलेनले ४४ बलमा समान ६ चौका र छक्का प्रहार गरे । उनले तेस्रो विकेटको निम्ति कप्तान रिचि बेरिंगटनसँग ४२ रनको साझेदारी गरेका थिए । अविजित रहेका माइकल इंग्लिसले ५१ रन बनाउँदै टोलीको निम्ति दोस्रो अर्धशतक प्रहार गरे ।

इंग्लिसले ७१ बलमा चार चौका र एक छक्का प्रहार गरे । ओपनर जजर्म मुन्सीले २१ रन जोडे । मार्क वाटले २० रन बनाउँदा कप्तान रिचि बेरिंगटनसँग १२ रन बनाए । नेपालका निम्ति ललित राजवंशीले चार विकेट लिए ।

सन्दीप लामिछानेले तीन विकेट लिँदा सोमपाल कामी, नन्दन यादव र दीपेन्द्र सिंह ऐरीले समान एक विकेट लिए । नेपाल पहिलो खेलमा व्यहोरेको हारको बदला दिने सोच छ । पहिलो खेलमा नेपाल डीएलएस पद्धतिका आधारमा दुई रनले स्तब्ध भएको थियो ।

शीर्ष चारको सम्भावना जीवितै राख्न नेपाललाई जित्नै पर्ने दबाब छ । यो खेलमा जित निकाल्न सके नेपाल पाँचौँ स्थानमा उक्लिने छ । नेपाल हाल २६ खेलबाट २० अंकका साथ सातौँ स्थानमा छ । यता, स्कटल्याण्ड पनि जितको लय कायम राख्दै शीर्षस्थानमा अग्रता बढाउने लक्ष्यमा छ । यो शृंखलामा स्कटल्याण्डले नेपाल र अमेरिकालाई डीएलएस पद्धतिका आधारमा दुई रनको जित पराजित गरेको थियो । स्कटल्याण्डले ३० खेलबाट ३८ अंक जोडेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ साउन । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ

काठमाडौँ, १२ साउन । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सार्वजनिक निकायको सिफारिसका आधारमा १३  निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको

काठमाडौँ, १२ साउन । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर यसप्रकार निर्धारण गरेको छ । Exchange Rate

काठमाडौँ, १२ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागमा सरदर स्थानको आसपासमा