सन्दीप बने ओडीआईमा छिटो १५० विकेट लिने खेलाडी 

काठमाडौँ, ४ जेठ । नेपाली लेगस्पीनर सन्दीप लामिछानेले अष्ट्रेलियन बलर मिचेल स्टार्कको कीर्तिमान तोडेका छन् ।

उनले ओडीआई क्रिकेटमा सबैभन्दा छिटो १५० विकेट बलरको कीर्तिमान बनाएका हुन् । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत स्कटल्याण्डविरुद्ध २ विकेट लिएपछि सन्दीपले ७३ खेलमै १५० विकेट लिएर उक्त कीर्तिमान बनाएका हुन् ।

यसअघि स्टार्कले ७७ खेलमा १५० विकेट लिएका थिए । सन्दीप ओडीआईमा सबैभन्दा छिटो १०० विकेट लिने खेलाडी समेत हुन् । सन्दीपले ४२ खेलमै उक्त उपलब्धि हासिल गरेका थिए ।

सन् २०१८ मा नेदरल्याण्डसविरुद्ध खेल्दै ओडीआई डेब्यु गरेका २५ वर्षीय सन्दीपले नेपालका लागि ७३ ओभरमा १५१ विकेट लिइसकेका छन् । यस्तै उनले ब्याटिङमा पनि ५०० रन बनाएका छन् । यस्तै उनले ७४ टी-२० आई खेलमा १३६ विकेट लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ जेठ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग

काठमाडौँ, ४ जेठ । कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले कानुन बमोजिम दर्ता गर्न आएका रिट दर्ता गर्न आदेश दिएकी छन् ।

काठमाडौँ, ४ जेठ । श्रम संस्कृति पार्टीले प्रतिनिधिसभामा प्ले कार्डसहित प्रधानमन्त्री बालेन शाहको विरोध गरेको छ । श्रम संस्कृति पार्टीका संसदीय

काठमाडौँ, ४ जेठ । जनगुनासो सुन्ने मात्र होइन, समाधानसम्म पुर्याउने संस्कृतिको खोजीमा रहेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले पछिल्लो समय