अमेरिकाले दियो नेपालविरुद्ध १९६ रनको लक्ष्य

काठमाडौँ, २ जेठ । अमेरिकाले आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपालविरुद्ध १९६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ रोजेको अमेरिकाले घरेलु टोलीविरुद्ध ४३.३ ओभरमा सबै विकेट गुमाएर १९५ रनको योगफल खडा गरेको हो । अमेरिकाका निम्ति ओपनर स्मित पटेलले ८३ रनको अर्धशतकीय पारी खेले ।

८९ बल खेलेको पटेलले आठ चौका र तीन छक्का प्रहार गरे । उनले दोस्रो विकेटको निम्ति शेहन जयसूर्यासँग १०० रनको शतकीय साझेदारी गरेका थिए । तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका शेहन जयसूर्याले ५० रन बनाउँदै टोलीको निम्ति दोस्रो अर्धशतक प्रहार गरे ।

जयसूर्याले ५२ बलमा पाँच चौका र एक छक्का प्रहार गरे । २२.४ ओभरमा उनी पभेलियन फर्किएपछि, यी दुईबीचको शतकीय साझेदारी तोडिएको थियो । मिलिन्द कुमारले २८ रन बनाउँदा अविजित रहेका हर्मित सिंहले १४ रन बनाए । यसबाहेक कुनै पनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

ओपनर शयन जागिंरले ६ रन बनाए । गत बुधबार सम्पन्न स्कटल्यान्डविरुद्धको खेलमा शतकीय पारी खेलेका कप्तान साइतेजा मुकामालाले चार रन मात्र बनाउनसके । शुभम रञ्जानेले दुई रन मात्र जोड्न सके । नोस्थुज केनिजगे र सञ्जय कृष्णमूर्थी समान एक रन बनाएर पभेलियन फर्किए ।

महोम्मद मोहसीन ‘डक’ आउट भए । अविजित रहेका शौरभ नेत्रावल्करले कुनै पनि रन जोड्न सकेनन् । नेपालका दीपेन्द्रसिंह ऐरीले चार विकेट लिए । ७.३ ओभर बलिङ गरेका ऐरीले २४ रन खर्चिए । उनको इकोनोमी ३.३० रह्यो । सोमपाल कामीले दुई विकेट लिँदा सन्दीप लामिछाने र गुल्सन झाले एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ असोज । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  ६ समस्याग्रस्त सहकारीको बचत फिर्ता गरेको छ । समितिका अनुसार गोर्खाका २५,

काठमाडौँ, ५ असोज । आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार

काठमाडौँ, ५ असोज । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट असोजको दोस्रो साताभित्र प्रदेश सभामा पेस

काठमाडौँ, ५ असोज । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ । नेपाल