काठमाडौँ, ३१ बैशाख । सभामुख डीपी अर्यालले सांसद गणेश पराजुलीले दिएको दुई अभिव्यक्ति संसदबाट हटाउन निर्देशन दिएका छन् ।
आजको प्रतिनिधि सभा बैठकमा बोल्दै सभामुख अर्यालले पराजुलीले बोलेका ‘भरौटेहरु’ र ‘यहाँ लुगा लगाएर पनि नांगै हिँडेजस्तो गरी’ भन्ने शब्दहरु सभाको अभिलेखबाट हटाउन निर्देशन दिएका हुन् ।
उनले बैठकमा संसदीय मर्यादा पालन गर्न पनि सबै सांसदहरुलाई आग्रह समेत गरे छन् ।





