काठमाडौँ, २९ बैशाख । कैलालीको गोदावरीमा दुई किशोरी मृत फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार आज गोदावरी नगरपालिका -५ गेटामा १६ वर्षीय र सोही नगरपालिका वडा नम्बर-८ स्थित स्याउलेकी १५ वर्षीय किशोरी मृत फेला परेका हुन् ।
उनीहरू आ-आफ्नो घरकै कोठामा पङ्खामा झुन्डिएको अवस्थामा मृत फेला परेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





