जीपीएस जडान नगर्ने एम्बुलेन्स चल्न नपाउने

काठमाडौँ, २६ बैशाख । एम्बुलेन्स सेवालाई व्यवस्थित, मर्यादित र पारदर्शी बनाउन चितवनमा जीपीएस जडान अनिवार्य गरिएको छ । 

जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिको शनिवार  बसेको बैठकले एम्बुलेन्स सेवाको व्यवस्थापन, पारदर्शिता र प्रभावकारिता सुधार गर्न तथा सेवा सञ्चालनमा देखिएका विकृति नियन्त्रण गर्न अनिवार्य रूपमा जीपीएस जडान गर्नुपर्ने निर्णय गरेको हो । 

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा बसेको बैठकले जिल्लाभर सञ्चालनमा रहेका सबै एम्बुलेन्सलाई सात दिनभित्र जनस्वास्थ्य कार्यालयमा एकीकृत तथ्याङ्क विवरण अनिवार्य रूपमा दर्ता गर्न निर्देशन दिएको छ ।

सोअनुसार दर्ता भएका एम्बुलेन्सले १५ दिनभित्र जीपीएस प्रणाली जडान गरी त्यसको जानकारी जनस्वास्थ्य कार्यालयमा बुझाउनुपर्ने निर्णय गरिएको प्रजिअ अर्यालले जानकारी दिए । 

विवरण दर्ता नगर्ने र जीपीएस जडान नगर्ने एम्बुलेन्सलाई सञ्चालनमा रोक लगाइने समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ असोज । नेपाल राष्ट्र बैंक, मौद्रिक व्यवस्थापन विभागले रु ३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान गरेको छ ।

काठमाडौँ, २० असोज । नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनअन्तर्गत आज उमेदवारको नाम फिर्ता तथा उमेदवारी सच्याउन निवेदन दिन सकिनेछ ।  मंगलबार

काठमाडौँ, २१ असोज । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले

काठमाडौँ, २० असोज । रसुवा बाढीका कारण उद्योग तथा सेवा क्षेत्रमा परेको अवरोधले नेपालको आर्थिक वृद्धिदर आर्थिक वर्ष २०८३/८४ मा