रायोको सागमा भेटियो विषादी

काठमाडौँ, २५ बैशाख । भक्तपुरको मध्यपुर थिमीबाट ल्याइएको रायोको साग खान अयोग्य भेटिएको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजारमा गरिएको विषादी अवशेष परीक्षणका क्रममा भक्तपुरको मध्यपुर थिमीबाट ल्याइएको रायोको साग खान अयोग्य भेटिएको हो ।

केन्द्रीय कृषि प्रयोगशाला मातहतको ‘विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ’, कालीमाटीले मङ्गलवार गरेको परीक्षणमा १३ वटा नमुनामध्ये एउटा नमुनामा विषादीको मात्रा उच्च पाइएको हो ।

प्रयोगशालाका अनुसार सुनिता श्रेष्ठले बजारमा ल्याएको रायोको सागमा अर्गानोफोस्फेट विषादीको रोकावट प्रतिशत ५५.७२ देखिएको छ । सरकारी मापदण्ड अनुसार विषादीको मात्रा ४५ प्रतिशत भन्दा बढी भएमा त्यस्तो तरकारी तथा फलफूल खान अयोग्य मानिन्छ र तत्काल विसर्जन गर्नुपर्ने हुन्छ । सोही बमोजिम उक्त रायो सागलाई विसर्जन गर्न निर्देशन दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ असोज । नेपाल राष्ट्र बैंक, मौद्रिक व्यवस्थापन विभागले रु ३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान गरेको छ ।

काठमाडौँ, २० असोज । नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनअन्तर्गत आज उमेदवारको नाम फिर्ता तथा उमेदवारी सच्याउन निवेदन दिन सकिनेछ ।  मंगलबार

काठमाडौँ, २१ असोज । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले

काठमाडौँ, २० असोज । रसुवा बाढीका कारण उद्योग तथा सेवा क्षेत्रमा परेको अवरोधले नेपालको आर्थिक वृद्धिदर आर्थिक वर्ष २०८३/८४ मा