हेर्नुहोस बदाम खानुका फाइदा

काठमाडौं, ९ पौष । हाम्रो स्वास्थ्यको लागी बदाम खान एकदमै राम्रो हुन्छ । बदाममा प्रशस्त मात्रा फाइबर हुन्छ जसले शरीरलाई फाइदा गर्छ ।

फाइदा :

१. बदाम खानाले दुब्ला, पातला ब्यक्तिहरुलाई तथा बच्चाहरुको तौल बढाउनमा मद्दत गर्छ ।

२.  शरीरमा शक्ति बढाउनुका साथै पाचन प्रक्रियालाई सन्तुलित बनाउछ  ।

३. बदामले शरीरमा रोगप्रतिरोधात्मक क्षमतामा बृद्धि गर्नुका साथै बिभिन्न रोगहरु लाग्नबाट बचाउँछ ।

४.  बदाममा प्रशस्त मात्रामा भिटामिन, प्रोटिन, चिल्लो पदार्थका साथै खनिज पदार्थ प्रशस्त पाइन्छ जसले शरीरलाई बलियो र स्वस्थ राख्नमा मद्दत गर्छ ।

५. बदामले हड्डीलाई मजबुत बनाउनुका साथै मस्तिष्कमा क्याल्सियम पुर्याई डिप्रेशनको खतरा कम गर्छ ।

६. बदाममा हुने फोलिक एसिडले शिशुलाई गम्भीर न्युरल ट्युब डिफेक्टस (दिमाग, स्पाईन र स्पाईनल कोर्र्डमा जन्मिदै देखिने समस्या) बाट बचाउँछ । तसर्थ, गर्भाधारणको सुरुवातीदेखि नै यस्ता समस्याबाट बच्न बदाम खानुपर्छ ।

७. बदाममा ‘फाईटोस्टेरोल’ नाम गरेको तत्व हुन्छ । फाइटोस्टेरोलले आधारभूत रुपमा ट्युमरलाई नियन्त्रण गर्छ र क्यान्सर हुनबाट जोगाउँछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ लगायत पदाधिकारी

काठमाडौँ, २८ भदौ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन एआई–सक्षम सीसीटीभी लगायतका प्रविधिको प्रयोग

काठमाडौँ, २८ भदौ । काठमाडौँ महानगरपालिकाले शहरी क्षेत्रमा बढ्दै गएको बाढीको जोखिम न्यूनीकरण गर्न ‘रिचार्ज काठमाडौँ ’ अभियान सञ्चालन गर्ने भएको

काठमाडौँ, २८ भदौ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले काठमाडौँमा बाढीको जोखिम न्यूनीकरणका निम्ति चोभारको पानी निकासको विकल्प खोज्नुपर्ने बताएका छन्