तिलिचो तालमा रेस्लिङ म्याच : वर्ल्ड बुक अफ रेकर्डमा समावेश

काठमाडौँ, १९ बैशाख । नेपाल महिला रेस्लिङ फाउन्डेसनले मनाङको तिलिचो तालमा आयोजना गरेको रेस्लिङ म्याचलाई वर्ल्ड बुक अफ रेकर्ड लन्डनमा समावेश गरिएको छ  ।

काठमाडौँमा एक कार्यक्रमकाबीच ४ हजार ९ सय १९ मिटर उचाइमा अवस्थित ‘हायेस्ट अल्टिच्युट लेक’ तिलिचोमा आयोजना गरिएको उक्त रेस्लिङलाई वर्ल्ड बुक अफ रेकर्डमा समावेश गरिएको हो ।

गत नोभेम्बर २६ तारिखमा तिलिचोमा भएको रेस्लिङमा नेपालबाट भगवती खड्का (युनिका) र अस्मिता सुनार (जुरेली) ले अमेरिकी रेस्लर क्यामिल लिगन (होलीडेड) संग प्रतिस्पर्धा गरेका थिए । त्यसमा भगवती र अस्मिता विजयी भएका थिए ।

पूर्व उपसभामुख इन्दिरा रानाले भगवती र अस्मितालाई सोको प्रमाण पत्र एक कार्यक्रमबीच प्रदान गरिन् । नेपाल महिला रेस्लिङ फाउन्डेसनमा भगवती अध्यक्ष र अस्मिता कोषाध्यक्षको जिम्मेवारीमा पनि छन् ।

विभिन्न घरेलु तथा अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता आयोजना गर्दै आएको फाउन्डेसनले विश्वकै अग्लो स्थानमा रेस्लिङ खेलेर कीर्तिमान कायम गर्ने उद्देश्यले सोलुखुम्बुको खुम्बु गाउँपालिकास्थित ५ हजार ६ सय ३३ मिटरको उचाइमा रहेको कालापत्थर मैत्रीपूर्ण रेस्लिङ आयोजना गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ बैशाख । झापामा जवरजस्ती करणी आरोपमा एक युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार शिवसताक्षी नगरपालिकामा

काठमाडौँ, १९ बैशाख । पछिल्लो २४ घण्टामा एक हजार ७२० सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट

काठमाडौँ, १९ बैशाख । बाढी र पहिरोले कोशी, बागमती र गण्डकी प्रदेशका केही खण्डहरूमा सडक पूर्ण तथा आंशिक रूपमा अवरुद्ध

काठमाडौँ, १९ बैशाख । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका