सरकारले मानवीय संवेदना बुझ्नुपर्छ, नागरिकको दैनिकी कष्टकर बन्यो: सभापति थापा

काठमाडौँ, १९ बैशाख । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारको अव्यवहारिक भन्सार नीतिले सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकहरूको दैनिकी कष्टकर बनेको दाबी गरेका छन् । मानवीय संवेदना बुझेर मात्र अघि बढ्न सरकारलाई सुझाव दिएका सभापति थापाले राज्य कमजोर नागरिकहरूका लागि अझ बढी जिम्मेवार र संवेदनशील देखियोस् भन्ने अपेक्षा राखे। 

नेपाली कांग्रेसले शुक्रबारदेखि सुरु गरेको साप्ताहिक शृङ्खला ग्रिन टेबल अन्तरगतको पहिलो कार्यक्रम ‘सीमामा १०० को सीमा !’ मा सभापति थापाले अव्यवहारिक भन्सार नीतिले सीमा क्षेत्रका नागरिकहरूको छटपटी बढेको र सरकारप्रति आक्रोश चुलिँदै गएको बताए । उनले सीमा क्षेत्रका नागरिकमाथि सरकारको रवैया ठिक नभएको समेत बताए । राजस्व बढाउने नाममा सङ्घीय सरकारले सीमा क्षेत्रको सांस्कृतिक–सामाजिक पक्षलाई पूरै नजरअन्दाज गरेको आरोप लगाउँदै सभापति थापाले विगतमा झैँ जनभावनाविपरित काठमाडौँमा बसेर नीति–नियमहरू बनाइँदा सीमाका नागरिकहरूले त्यसको मूल्य चुकाउनु परिरहेको दाबी गरे । 

उनले भने, ‘हामी (नेपाली कांग्रेस) सरकारको नेतृत्वमा हुँदा वा सरकारमा साझेदार हुँदा अव्यवहारिक कानुनहरू हटाउन र उपयुक्त नीति बनाउनेतर्फ ध्यान पुर्‍याउन नसकेको कमजोरी हामी स्विकार्छौँ । सीमामा कडाइ भई नागरिकले सास्ती बेहोर्नुपर्दा कांग्रेसले आवाज उठाएर सुधारको प्रयास नगरेको पनि होइन । तर दिगो समाधानतर्फ हामी चुक्यौँ । हामी चाहन्छौँ कि यो सरकारले प्रभावित नागरिकहरूको आवाज सुनोस् र भन्सार सम्बन्धी व्यवहारिक नीति लेओस् ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ बैशाख । हाल देशमा पश्चिमी तथा स्थानीय वायुसँगै पूर्वी भेग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव

काठमाडौँ, १८ बैशाख । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाल–भारत सीमा क्षेत्रमा भन्सारमा कडाइ गर्दा सीमा वरपर बस्ने नेपाली नागरिकले

काठमाडौँ, १८ बैशाख । प्रधानमन्त्री बालेन शाहले हरेक यात्रा समस्या निवारणको मार्गमा हुनुपर्ने उल्लेख गरेका छन् । आज बुद्ध जयन्तीको

काठमाडौँ, १८ बैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले शान्तिका दूत बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालनबाट धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबिच