काठमाडौँ, १७ बैशाख । पोखरामा हुन लागेको महिला गोल्डकप फुटबल प्रतियोगितामा ४ क्लबले सहभागिता जनाउने भएका छन् ।
आर एस फुटबल क्लबको आयोजनामा शुक्रबारबाट हुने गोल्डकपमा चार क्लबले सहभागिता जनाउन लागेका हुन् । गोल्डकपको तयारीबारे जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष रमेश कार्कीले प्रतियोगिताको तयारी पूरा भएको बताए ।
प्रतियोगितामा आयोजक आरएस पोखरा फुटबलसहित, नेपाल पुलिस क्लब, संकटा क्लब र त्रिभुवन आर्मी क्लबको सहभागिता रहेको छ । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक र नेपाल पुलिस क्लब भिड्नेछन् । शनिबार संकटा र त्रिभुवन आर्मी क्लब भिड्ने छन भने आइतबार फाइनल खेल हुनेछ ।
पोखरामा यसअघि महिलाको गोल्डकप हुन सकेको थिएन् । महिला फुटबलको विकासका लागि स्थापित आरएसले पोखरालाई महिला फुटबल दिएको हो ।







