काठमाडौँ, १४ बैशाख । सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले त्रिवि क्रिकेट मैदान र नेपाल क्रिकेट संघबीचको पुन: भाडा सम्झौता हुने बताएका छन् ।
आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को निर्णय सुनाउने क्रममा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिनेक्रममा मन्त्री पोखरेलले आजमात्रै त्रिविका उपकूलपतिसहितका उच्च पदाधिकारीसँग छलफल भएको र भाडा सम्झौता छिटै हुने बताएका हुन् ।
उनले भने, ‘आज बिहान त्रिवि उपकुलपतिसहितको बैठक थियो । सकारात्मक कुरा भएको छ । खाली गराउने हैन । भाडा सम्झौता रिन्यू गर्ने हो ।राज्यका यत्रो लगानी भएको छ,’ ‘राज्यकै संरचना हो । लिज पुन: एग्रिमेन्ट चाहिँ गराउनुपर्नेछ ।’





