सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुहुँदैन : महामन्त्री पौडेल

काठमाडौँ, १४ बैशाख । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले ठूलो जनमतसहित गठन भएको सरकार अलोकप्रिय नहोस् भन्ने कामना गरेका छन् । 

आज नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा बोलाइएको केन्द्रीय समिति बैठकमा सहभागी हुन जाने क्रममा महामन्त्री पौडेलले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको हो कि भन्ने आफूलाई लागेको बताए ।

उनले भने, ‘सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन, यो सरकारले राम्रोसँग काम गरोस्’ । महामन्त्री पौडेलले सुकुम्वासीलाई हटाउनु हुँदैन भन्ने कांग्रेसको धारणा नभएको र सबै सुकुम्वासी थिए भन्नेमा पनि आफ्नो पार्टीको धारणा नभएको बताए ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक अहिले पार्टीको केन्द्रीय कार्यालय सानेपामा जारी छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ बैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँस्थित चुँदी रम्घामा भानु साहित्य उद्यानको शिलान्यास गरेका छन्

काठमाडौँ, १४ बैशाख । सरकारले देशको आर्थिक अवस्थाबारेको स्वेतपत्र सार्वजनिक भएको छ । सरकारले ल्याएको शासकीय सुधारका १०० बुँदे कार्ययोजनामा

काठमाडौँ, १४ बैशाख । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)ले संविधान संशोधन कार्यदल बनाएको छ । आज केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको नेकपाको केन्द्रीय

काठमाडौँ, १४ बैशाख । सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले त्रिवि क्रिकेट मैदान र नेपाल क्रिकेट संघबीचको पुन: भाडा सम्झौता हुने बताएका