राष्ट्रपति पौडेल गृहजिल्ला तनहुँमा

काठमाडौँ, १४ बैशाख । राष्ट्रपति रामचन्द्र पौडेल आफ्नो गृहजिल्ला तनहुँ पुगेका छन् ।

राष्ट्रपति सोमबार गृह जिल्ला पुग्दा पौडेललाई तनहुँवासीले भव्य स्वागत गरेका छन् । 

राष्ट्रपति पौडेललाई दमौलीमा तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य श्रीराम न्यौपाने, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठी, उपप्रमुख उमा गोतामे र प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारी लगायतका जनप्रतिनिधि र उच्च पदस्थ अधिकारीहरूले स्वागत गरेका छन् ।

राष्ट्रपति पौडेल भानु साहित्य उद्यानको शिलान्यास गर्न तनहुँ गएको राष्ट्रपतिको निजी सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ बैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँस्थित चुँदी रम्घामा भानु साहित्य उद्यानको शिलान्यास गरेका छन्

काठमाडौँ, १४ बैशाख । सरकारले देशको आर्थिक अवस्थाबारेको स्वेतपत्र सार्वजनिक भएको छ । सरकारले ल्याएको शासकीय सुधारका १०० बुँदे कार्ययोजनामा

काठमाडौँ, १४ बैशाख । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)ले संविधान संशोधन कार्यदल बनाएको छ । आज केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको नेकपाको केन्द्रीय

काठमाडौँ, १४ बैशाख । सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले त्रिवि क्रिकेट मैदान र नेपाल क्रिकेट संघबीचको पुन: भाडा सम्झौता हुने बताएका