काठमाडौँ, १४ बैशाख । सप्तरीमा जङ्गली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ ।
सप्तरी प्रहरीका अनुसार मृत्यु हुनेमा अग्नीसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर- ६ मोहनपुर बस्ने ६६ वर्षीय यज्ञश्वर निरौला रहेका छन् । आफ्नै बारीमा मकै रुङ्न बसेका उनलाई गएराति ११: ४५ बजे हात्तीले आक्रमण गर्दा घटनास्थलमै मृत्यु भएको हो ।
मृतक निरौलाको शव आवश्यक प्रक्रिया पूरा गरी पोष्टमार्टमको लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पठाइएको छ ।
निरौलाको शव परीक्षण गरीपरिवारको जिम्मा लगाउने तयारी भइरहेको तथा घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।






