नेपाल र यूएईबीचको दुई खेलको टी–२० शृङ्खला बराबरी

काठमाडौँ, ९ बैशाख । नेपालले युएईलाई टी–२० अन्तर्राष्ट्रिय शृङ्खलाको दोस्रो खेलमा ८ विकेटले हराएको छ । योसँगै नेपाल र यूएईबीचको दुई खेलको टी–२० शृङ्खला १–१ को बराबरीमा सकिएको छ । 

हिजो भएको दोस्रो खेलमा कुशल भुर्तेल र सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरे । सन्दीप लामिछानेले ४ ओभरमा १ मेडनसहित मात्र ६ रन दिएर ३ विकेट लिए । उनले दुई खेलमा गरी ६ विकेट लिएका छन् । 

यस्तै हेमन्त धामीले ४ ओभरमा २० रन दिएर २ विकेट लिए । १२९ रनको लक्ष्य नेपालले १५ ओभर ५ बलमा २ विकेट गुमाएर पूरा गर्‍यो । कुशल भुर्तेलले ५७ बलमा ८४ रन बनाए । उनको यो अन्तर्राष्ट्रिय टी–२० मा १४औँ अर्धशतक हो । 

युएईका निलांश केशवानी र मुहम्मद अरफानले १/१ विकेट लिए । यसअघि नेपालले टस जितेर बलिङ गरेको थियो । युएईले २० ओभरमा ८ विकेट गुमाउँदै १२८ रन बनाएको थियो । पहिलो खेलमा नेपाल पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ बैशाख । राष्ट्रपति रामचन्द्र पौडैलले संघीय संसद्को दुवै अधिवेशन आह्वान गरेका छन् । राष्ट्रपति कार्यालयले वैशाख १७ गते

काठमाडौँ, ९ बैशाख । गृह मन्त्रालय तत्कालका लागि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आफैसँग राख्ने भएका छन् । गृहमन्त्री सुधन

काठमाडौँ, ९ बैशाख । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सार्वजनिक सेवा प्रवाहलाई पूर्ण रूपमा प्रविधिमैत्री र डिजिटल बनाउने प्रक्रियालाई

काठमाडौँ, ९ बैशाख । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता सुदन किरातीले पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनाको घोषणा