सामाजिक सञ्जालमार्फतबाट औषधि सिफारिस गर्ने डाक्टरलाई कारबाही हुने

काठमाडौँ, ४ बैशाख । नेपाल मेडिकल काउन्सिल (एनएमसी) ले सामाजिक सञ्जालमार्फत जथाभावी चिकित्सा परामर्श र औषधि सिफारिस गर्ने चिकित्सकलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

काउन्सिलले ‘अत्यन्त जरुरी सूचना’ जारी गर्दै बिरामीको प्रत्यक्ष परीक्षण नगरी औषधि सुझाउने तथा बिरामीको गोपनीयता भंग गर्ने कार्य तत्काल रोक्न निर्देशन दिएको हो ।

काउन्सिलका रजिस्ट्रार डा. सतिस कुमार देवद्वारा प्रकाशित सूचनामा टिकटक, इन्स्टाग्राम, फेसबुकलगायत सामाजिक सञ्जालमार्फत बिनापरीक्षण औषधि सिफारिस गर्नु गैरजिम्मेवार र अवैज्ञानिक कार्य भएको उल्लेख गरिएको छ । यस्तो गतिविधिले बिरामीको स्वास्थ्यमा गम्भीर जोखिम निम्त्याउने काउन्सिलको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

लन्डन, १० असार । लन्डनको ह्यारोमा बस्दै आएका २२ वर्षीय नेपाली विद्यार्थी कौशल कुमार ठाकुरको आफ्नै कोठामा शंकास्पद अवस्थामा शव

चितवन, १० असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिमा प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयका तीन जनाको उम्मेदवारी परेको छ

काठमाडौँ, ९ असार । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको क्रियाशील सदस्यता डिजिटल्ली अद्यावधिक नगर्नेहरूलाई पार्टीले सदस्यका रूपमा नचिन्ने बताएका

सुर्खेत, ९ असार । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेकपा एमालेले इतिहासका विभिन्न कठिन परिस्थितिहरूको सामना गर्दै पुनः उठ्न सफल