आईसीसी वुमन्स च्यालेन्ज ट्रफी खेल्ने नेपाली टोलीको बिदाइ

काठमाडौँ, २ बैशाख । आईसीसी वुमन्स च्यालेन्ज ट्रफी खेल्न रुवान्डा जाने नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीलाई बिदाइ गरिएको छ ।

आज काठमाडौँमा आयोजित एक कार्यक्रमकाबीच नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारीहरूले राष्ट्रिय महिला क्रिकेट टोलीलाई बिदाइ गरेका हुन् । 

नेपालले इन्दु बर्माको कप्तानीमा अप्रिल १८ देखि मे १ सम्म रुवान्डामा हुने प्रतियोगितामा अमेरिका, भानुआटु र रुवान्डासँग डबल राउन्ड रोबिन लिगमा प्रतिस्पधा गर्नेछ । नेपाली महिला टोली पहिलोपटक रुवान्डा गएर खेल्न लागेको हो । घाइते भएपछि मैदानबाहिर रहेकी कप्तान इन्दु यसै प्रतियोगिताबाट राष्ट्रिय टोलीमा फर्किएकी छिन् ।

बिदाइ कार्यक्रममा कप्तान इन्दुले प्रतियोगिताका लागि आफू सम्पूर्ण रूपमा तयार रहेको बताइन् । विगतका खेलमा भएका कमीकमजोरी सुधार गर्दै जित हासिल गर्ने लक्ष्यका साथ मैदान उत्रने उनको भनाइ थियो ।

नेपाली टोलीको कप्तानमा इन्दु र उपकप्तानको जिम्मेवारीमा पूजा महतो रहेकी छन् । विन्दु रावल, सम्झना खड्का, रुबी पोद्दार, कविता जोशी, कविता कुँवर, रिया शर्मा, रोमा थापा, सुमन विष्ट, अनु कडायत, मनीषा उपाध्याय, रूविना क्षेत्री र रचना चौधरी टिममा समावेश छन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ भदौ । महोत्तरीको जलेश्वर कारागारका कैदीबन्दीहरूले प्रधानमन्त्री विपद राहत कोषमा एक लाख १ हजार १०५ रुपैयाँ जम्मा गरेका छन्

काठमाडौँ, १५ भदौ । माछापुच्छ्रे बैंकले भोटेकोशी नदीमा आएको बिनाशकारी बाढी पहिरोबाट प्रभावित नागरिक तथा समुदायलाई राहत र पुनर्स्थापनाका लागि

काठमाडौँ, १५ भदौ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले रसुवा बाढी, पहिरो र डुबानपीडितको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि

एजेन्सी, १५ भदौ । अन्तर्राष्ट्रिय बजारमा आज कच्चा तेलको भाउ बढेको छ । अमेरिका र इरानले एक अर्कालाई आक्रमण गरेपछि सोमबार