आफैँले काटेको रुखले लागेर १ जनाको मृत्यु

काठमाडौँ, २८ चैत । नुवाकोटको बेलकोटगढी नगरपालिका–९ नलगाउँमा रुख काट्ने क्रममा एक जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार आफैँले काटेको रुखले लागेर सोही स्थानका ३५ वर्षीय प्रेम तामाङको घटनास्थलमै मृत्यु भएको हो ।

सो घटनामा दुई जना घाइते भएका छन् । घाइते हुनेमा ३७ वर्षीय अरुण तामाङ र ३३ वर्षीय माधव भुजेल रहेका छन् । उनीहरुको त्रिशूली अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेको अवस्था पनि गम्भीर रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ असार । काठमाडौँको कालीमाटीस्थित फलफूल तथा तरकारी बजारमा गरिएको नियमित परीक्षणका क्रममा सागमा विषादीको मात्रा उच्च रहेको नमुना

काठमाडौँ, १६ असार । काभ्रेमा बर्डफ्लु सङ्क्रमणका कारण हालसम्म ४० हजारभन्दा बढी हाँस तथा कुखुरा नष्ट गरिएको छ । जिल्ला

काठमाडौँ, १६ असार । आज सुन चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ४५ सय

स्याङ्जा, १६ असार । स्याङ्जाको गल्याङ नगरपालिकाले हल गोरु पाल्ने कृषकलाई प्रोत्साहनस्वरुप रु पाँच हजार उपलब्ध गराएको छ । पछिल्लो