‘माइकल’ विश्वकै सर्वाधिक कमाइ गर्ने बायोपिक फिल्म

काठमाडौँ, १६ असार । माइकल ज्याक्सनको जीवनमा आधारित फिल्म ‘माइकल’ ले विश्व बक्सअफिसमा ९७ करोड ७० लाख अमेरिकी डलर (९७७ मिलियन डलर) कमाउँदै जीवनीमा आधारित चलचित्र (बायोपिक)को नयाँ कीर्तिमान बनाएको छ ।

यो फिल्मले ‘ओपेनहाइमर’ लाई पछि पारेको छ । यसअघि निर्देशक क्रिस्टोफर नोलनको ‘ओपेनहाइमर’ ले वास्तविक व्यक्तिको जीवनमा आधारित चलचित्रमध्ये विश्वभरबाट ९७ करोड ५० लाख अमेरिकी डलर (९७५ मिलियन डलर) कमाएर कीर्तिमान बनाएको थियो ।

करिब तीन घण्टा लामो आर-रेटिङ प्राप्त ऐतिहासिक फिल्मको रूपमा त्यो उपलब्धि उल्लेखनीय मानिएको थियो । यसअघि नै ‘माइकल’ ले सन् २०१८ को ’बोहेमियन र्‍याप्सोडी’ (९११ मिलियन डलर) लाई उछिन्दै इतिहासकै सबैभन्दा धेरै कमाइ गर्ने सङ्गीतमूलक बायोपिकको कीर्तिमान बनाइसकेको थियो ।

अमेरिकामा लायन्सगेट र अन्तर्राष्ट्रिय बजारमा युनिभर्सलले वितरण गरेको ‘माइकल’ ले अप्रिलदेखि हालसम्म अन्तर्राष्ट्रिय बजारबाट ६० करोड ७२ लाख अमेरिकी डलर (६०७.२ मिलियन डलर) र अमेरिकी घरेलु बजारबाट ३७ करोड २ लाख अमेरिकी डलर (३७०.२ मिलियन डलर) कमाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ असोज । सर्लाहीको कबिलासी नगरपालिका–३ मदनपुरमा मोटरसाइकल दुर्घटनामा परेका एक युवकको साथबाट प्रहरीले सिक्सर पेस्तोल बरामद गरेको छ ।

काठमाडौँ, १९ असोज । काठमाडौँबाट प्रहरीले ९ जना जुवाडेलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार गोकर्णेश्वर नगरपालिका–९ गैरीगाउँ सुनखरी टोलस्थित एक

काठमाडौँ, १९ असोज । इन्टरनेट सेवा प्रदायकहरूले आजदेखि सस्तो र कम स्पीडका प्याकेज बन्द गरेको छ । इन्टरनेट सर्भिस प्रोभाइडर

काठमाडौँ, १९ असोज । धनुषामा एक विवाहित महिला आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छन् । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १६ कपिलेश्वरमा