मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु

काठमाडौँ, २८ चैत । चितवनमा मोटरसाइकल र स्कुटर एक आपसामा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार आज दिउँसो भरतपुर महानगरपालिका–५ सापकोटा चोकस्थित सडकमा प्र.२–०३–००१ प ६८१० नम्बरको मोटरसाइकल र प्र.३–०३–००१ प १४१३ नम्बरको स्कुटर एकआपसमा ठोक्किएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक सोही महानगरपालिका–५ शान्ति चोक बस्ने बारा घर भएका २७ वर्षीय जय श्रीराम रायको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएका स्कुटरमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । त्यस्तै, स्कुटर चालकलाई भने नियन्त्रणमा लिइएको जानकारी गराउँदै थप अनुसन्धान अघि बढेको पनि प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ असार । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोगले तयार पारेको ‘जेनजी’ आन्दोलनका घटनासम्बन्धी प्रतिवेदन उपलब्ध

काठमाडौँ, १३ असार । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले तुलसी सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ । समितिका अनुसार तुलसी

काठमाडौँ, १३ असार । ग्लोबल आइएमई बैंक लिमिटेडले मुलुकमा उद्यमशिलताको विकास र साना तथा मझौला उद्यमको प्रवर्द्धन गर्ने उद्देश्यले ग्लोबल आइएमई

काठमाडौँ, १३ असार । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशको केही तथा लुम्बिनी प्रदेशको पूर्वी भेगका