काठमाडौँ, ४ चैत । नेपाली राष्ट्रिय टोलीका स्पिनर सन्दीप लामिछानेले बेल्जियमको इयू टी–२० लिग खेल्ने भएका छन् ।
लिइज रेड लायन्सले सन्दीपलाई टोलिमा भित्र्याएको हो । उनलाई क्लबले ड्राफ्टअघि नै प्रि–साइन गरेको जनाएको छ । यसअघि टोलीले क्रिस लिन, कोरी एन्डर्सन, शोएब मालिकलाई भित्र्याइसकेको छ ।
सन्दीपलाई “मिस्ट्री स्पिनर” भन्दै स्वागत गरेको छ । नयाँ सिजनमा सन्दीपका गुग्लीहरूले खेललाई नयाँ मोड दिने र टोलीलाई थप बलियो बनाउने क्लबले आशा व्यक्त गरेको छ । इयू टी–२० लिग बेल्जियमको पहिलो फ्रेन्चाइज क्रिकेट लिग हो ।





