पोखरामा खुला प्याराग्लाइडिङ च्याम्पियनसिप हुँदै

काठमाडौँ, ३ चैत । पोखरामा यही चैत ५ देखि ७ गतेसम्म २१औँ संस्करणको ‘नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिप’ हुने भएको छ ।

नेपाल हवाई खेलकुद संस्थाको आयोजनामा ‘एक्युरेसी’ विधामा हुने प्रतियोगितामा हालसम्म स्वदेशी तथा विदेशी गरी ९० खेलाडीले नाम दर्ता गराएको सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता संयोजक सुनिलबहादुर भट्टराईले जानकारी दिए ।

प्रतियोगितामा सहभागी खेलाडी पोखराको सराङकोटबाट उडान भरेर फेवाताल किनार खपोँदीमा अवतरण गर्नेछन् । कोभिड–१९ महामारी र नेपाल नागरिक उड्डयन प्राधिकरणले विसं २०७८ मा देशभर ‘सोलो’ उडानमा रोक लगाएका कारण २०औँ संस्करणसम्म भएको च्याम्पियनसिप स्थगित भएको थियो ।

पोखरामा भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका दौरान प्याराग्लाइडिङका खेलाडी निशिम थापाको दुर्घटनामा निधन भएपछि प्राधिकरणले सोलो उडान रोक लगाएपछि प्रतियोगिता स्थगित भएको संयोजक भट्टराईले बताए । नेपालले १८औँ एसियाली खेलकुदमा प्याराग्लाइडिङमा रजत पदक जित्न सफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ भदौ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता वादीले विपद्को समयमा नेपाल रेडक्रस

काठमाडौँ, १४ भदाै । विनाशकारी बाढी र पहिरोका कारण ठूलो मानवीय र भौतिक क्षति बेहोरिरहेको नेपाललाई सहयोग गर्न चीन सरकारले

काठमाडौँ, १४ भदौ । नेपाली कांग्रेस संसदीय दलको बैठक भोलि बस्ने भएको छ । कांग्रेस संसदीय दलका अनुसार भोली बिहान ११

काठमाडौँ, १४ भदौ । भोटेकोसी नदीमा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको क्षेत्रमा वाग्मती प्रदेश सरकारले उद्धार, राहत र