देशको जित सबैभन्दा ठूलो कुरा हो : ज्ञानेन्द्र मल्ल

काठमाडौँ, २ चैत । पूर्व क्रिकेटर ज्ञानेन्द्र मल्लले व्यक्तिको जितभन्दा देशको जित नै सबैभन्दा ठूलो कुरा भएको बताएका छन् ।

राष्ट्रिय टोलीको कप्तान भइसकेका मल्लले समानुपातिकतर्फ रास्वपाको बन्द सूचीबाट सांसद बनेकाहरूलाई बधाई दिँदै लेखेका छन्, ‘म सदनमा रहुँ वा सडकमा, सधैँ देशको सेवाका लागि जुनसुकै भूमिकाबाट अघि बढिरहनेछु । किनकि अन्त्यमा, व्यक्तिको हार-जितभन्दा पनि देशको जित नै सबैभन्दा ठूलो कुरा हो ।’

मल्ल जनजाति कलस्टरबाट रास्वपाको समानुपातिकको बन्दसूचीमा थिए । तर, उनी रास्वपाले प्राप्त गरेको ५७ जना सांसदको सूचीमा स्थान बनाउन सकेनन् । उनले देशलाई जिताउन मैदानमा उत्रिएका साथीहरूले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर जनताको हित, राष्ट्रको विकास, सुशासन र भ्रष्टाचार अन्त्यका लागि एक ढिक्का भएर भूमिका खेल्ने विश्वाससमेत व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ भदौ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता वादीले विपद्को समयमा नेपाल रेडक्रस

काठमाडौँ, १४ भदाै । विनाशकारी बाढी र पहिरोका कारण ठूलो मानवीय र भौतिक क्षति बेहोरिरहेको नेपाललाई सहयोग गर्न चीन सरकारले

काठमाडौँ, १४ भदौ । नेपाली कांग्रेस संसदीय दलको बैठक भोलि बस्ने भएको छ । कांग्रेस संसदीय दलका अनुसार भोली बिहान ११

काठमाडौँ, १४ भदौ । भोटेकोसी नदीमा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको क्षेत्रमा वाग्मती प्रदेश सरकारले उद्धार, राहत र