साफ यू–२० च्याम्पियनसिप : नेपालले उद्घाटन खेलमा भुटानसँग खेल्ने

काठमाडौँ, २७ फागुन । नेपालले माल्दिभ्समा आगामी मार्च २३ देखि सुरु हुने साफ यू–२० च्याम्पियनसिपको उद्घाटन खेलमा भुटानसँग खेल्ने भएको छ । 

आज दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेसँगै नेपालले उद्घाटन खेलमा भुटानसँगको भेट पक्का गरेको हो ।

यसपछि, नेपालले प्रतियोगितामा मार्च २५ मार्चमा श्रीलंका, २७ मार्चमा घरेलु टोली माल्दिभ्ससँग खेल्ने तालिका छ । प्रतियोगिताका नेपाल समूह ‘ए’मा छ । यो समूहमा नेपालसँगै भुटान, माल्दिभ्स र श्रीलंका छन् । 

समूह ‘बी’मा पाकिस्तान, भारत र बंगलादेश छन् । ‘सिङगल राउन्ड रोबिन’ प्रणालीअनुसार हुने यस प्रतियोगितामा प्रत्येक समूहका विजेता र उपविजेताले सेमिफाइनलमा स्थान बनाउनेछन् । गत साता प्रतियोगिताको निम्ति नेपाली राष्ट्रिय यू–२० टिमका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले कप्तान धरवेन्द्र कुँवरको कप्तानीमा २३ सदस्यीय राष्ट्रिय टोली घोषणा गरेका थिए ।

नेपाली टिम : अलिक श्रेष्ठ, अनुभव पुरी, भक्तबहादुर परियार, विजय उर्न, विज्ञान खड्का, विनय ठाकुर, धरवेन्द्र कुँवर, गणेश पुलामी मगर, जोन विष्ट, निशानराज लवट, पवन पाख्रिन, पेम्बानोर्बु भोटे, प्रशान्त मोक्तान, प्रसुन तामाङ, रञ्जित लामा, रोहन मोक्तान, रोशन तामाङ, सविनकुमार लुगेंली मगर, सविन राई, सिद्धान्त खड्का, सुवास बम, सुजन बस्नेत र सुजन डंगोल ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ भदौ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता वादीले विपद्को समयमा नेपाल रेडक्रस

काठमाडौँ, १४ भदाै । विनाशकारी बाढी र पहिरोका कारण ठूलो मानवीय र भौतिक क्षति बेहोरिरहेको नेपाललाई सहयोग गर्न चीन सरकारले

काठमाडौँ, १४ भदौ । नेपाली कांग्रेस संसदीय दलको बैठक भोलि बस्ने भएको छ । कांग्रेस संसदीय दलका अनुसार भोली बिहान ११

काठमाडौँ, १४ भदौ । भोटेकोसी नदीमा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको क्षेत्रमा वाग्मती प्रदेश सरकारले उद्धार, राहत र