धनुषामा ३५७ किलो गाँजा बरामद

काठमाडौँ, १० फागुन । जनकपुरधाम उपमहानगरपालिका-४ शान्ति टोलबाट अवैध लागूऔषध गाँजा करिब ३ सय ५७ किलोग्राम शनिबार राति प्रहरीले बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीलाई देख्नासाथ उक्त स्थानमा रोकी राखेको ना.७ ख २२३७ नम्बरको टिपरमा रहेका व्यक्तिहरू टिपर छोडी फरार भएको थियो ।

उक्त टिपरबाट झारी भुईमा राखिएको ३४ वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो । प्रहरीले हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० फागुन । प्युठान नगरपालिका–८ तालस्थित सडकमा एम्बुलेसन्स र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ । बिजुवारबाट नौबहिनीतर्फ गइरहेको

काठमाडौँ, १० फागुन । काठमाडौँको सरकारी धार नजिक एक घरमा चोरी भएको छ । काठमाडौँ महानगरपालिका-२६ सरकारी धारा नजिक डेरा

काठमाडौँ, १० फागुन । सात महिनामा ८ अर्ब ६१ करोड रुपैयाँको अलैँची निर्यात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको

काठमाडौँ, १० फागुन । जनकपुरधाम उपमहानगरपालिका-४ शान्ति टोलबाट अवैध लागूऔषध गाँजा करिब ३ सय ५७ किलोग्राम शनिबार राति प्रहरीले बरामद