प्रधानमन्त्री कार्कीद्वारा शान्ति तथा सुरक्षा व्यवस्थापनको चिन्ता

काठमाडाैँ, ९ फागुन । प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनको सन्दर्भमा सुरक्षा तथा शान्ति व्यवस्थापनका विषयमा चिन्ता व्यक्त गरेकी छिन् ।

पार्टीहरूबीच झण्डा जलाउने जस्ता घटना पनि रिपोर्ट भएकाे र जसले निर्वाचनको समयमा तनाव बढाउनसक्ने उनले बताइन्। यस्ता सम्भावित घटनाबाट बच्न पूर्वतयारी आवश्यक रहेको प्रधानमन्त्री कार्कीको भनाइ छ । उनकाअनुसार कतिपयले निर्वाचन बहिष्कारको नाममा पार्टीको अस्तित्व देखाउने र एक्सटर्सन (चन्दा–पैसा असुली) गर्ने प्रवृत्ति अपनाएका छन् । कसैले व्यापार वा उद्योग गरेको देखाएर पार्टी चलाउने गरेको पनि उनले उल्लेख गरिन् । यद्यपि, यस्ता गतिविधिप्रति तर्क रहनुपर्नेमा उनले जोड दिइन् ।

उनले एक हप्ताभित्र फागु पूर्णिमा (होली) पर्व आउँदै गरेको र हिमाली क्षेत्र खासगरी रुकुम पूर्वमा सम्भावित हिमपात जस्ता प्राकृतिक समस्याहरू देखा पर्नसक्ने भन्दै चिन्ता व्यक्त गरिन् ।

उनले विभिन्न जिल्लाहरूमा स्थानीय समस्या रहेको उल्लेख गर्दै तराई क्षेत्रमा केही राजनीतिक दलहरू बढी सक्रिय रहेको र तिनीहरूबिचको प्रतिष्पर्धा झडपको रूपमा बदलिन सक्ने आशंका व्यक्त गरिन् । प्रधानमन्त्री कार्कीले निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष बनाउन सुरक्षा निकायलाई उच्च शतर्कता अपनाउन निर्देशन दिइन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

सुनसरी, ९ फागुन । सुनसरीको भोक्राहा नरसिङ गाउपालिका-४ मा नेपाली कांग्रेसको चुनावी कार्यक्रममा प्रहरीद्धारा लाठीचार्ज भएको छ । सुनसरी क्षेत्र

पोखरा, ९ फागुन । सभापति रवि लामिछानेले सहकारीको रकम ठगी गर्दा आफ्नो छोराको विद्यालयको बिल तिर्न नपाएको भन्दै पोखरामा सहकारीपीडित

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नयाँका नाममा समाजलाई गलत दिशातिर डोर्‍याउने प्रयास गरिरहेको आरोप लगाएका छन्

काठमाडौँ, ९ फागुन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) वाग्मती प्रदेश कमिटी अध्यक्ष कैलाशप्रसाद ढुंगेलले नेकपा एमालेको सपना मुलुक बनाउने रहेको बताउनुभएको