तीन लाख अस्लिन अनलाइन साइट बन्द गर्छौं : मन्त्री बास्कोटा

काभ्रे, १ पौष । सञ्चार तथा सूचनाप्रविधिमन्त्री गोकुल बास्कोटाले थप तीन लाख अस्लिन अनलाईन साइट बन्द गर्ने बताउनुभएको छ ।

काभ्रे जिल्लाको बेथानचोक गाउँपालिकाको ढुङ्खर्कमा पीएसटीएन एक्टेन्सन टेलिफोन एक्सचेञ्जको उदटन गर्दै उनले १७ हजार पोर्न साइट बन्द गरेको र थप ३ लाख पोर्नसाइट प्रतिबन्धको तयारी गरिएको बताउनभयो । उहाँले भन्नुभयो, ‘नेपाली समाजमा विकृति, भित्र्याउने साधन बनेका छन्, नेट इन्टरनेट यसलाई सदुपयोग भन्दा पनि दुरुपयोग डरलाग्दो बन्दै छ, त्यसकारण हामी समाजलाई नकारात्मक सन्देश दिने, नेपाली समाजलाई मन नपर्ने साइट बन्द हुन्छन् ।’

मन्त्री बास्कोटाले नेपाल टेलिकमले व्यापार मात्रै नभई जनता जहाँ छन्, ती सबै ठाउँमा सेवा दिनुपर्ने बताउनुभयो । उहाँले देशभर एक वर्षभित्र टेलिकमले भिन्न तरिकाले सेवा प्रदान गर्ने, फोरजी सेवाको विकास गर्दै जनतालाई सञ्चारको दुनियाबाट टाढा हुन नदिने उद्घोष गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । मौसम प्रतिकूल हुने सम्भावना रहेकाले १२-१४ कात्तिकसम्म उच्च हिमाली क्षेत्रमा पदयात्रा नगर्न जिल्ला प्रशासन कार्यालय मुस्ताङ र

काठमाडौँ, ११ कार्तिक । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

धनगढी, ११ कार्तिक । कैलालीमा प्रहरीले भन्सार छली गरी भारतबाट ल्याइएको साढे ९ लाख बढिको सामानसहित पिकअप जिप बरामद गरेको

जनकपुरधाम, ११ कार्तिक । धनुषाको शहीदनगर नगरपालिकाबाट प्रहरीले २ किलो ४ सय ७० ग्राम गाँजासहित एक महिलालाई नियन्त्रणमा लिएको छ।