युरेनियम सम्वर्द्धन रोक्दैनौं : इरान

एजेन्सी, २७ माघ । इरानले अमेरिकाको दबाबलाई अस्वीकार गरेको छ । इरानले आफ्नो युरेनियम सम्वर्द्धन (युरेनियम इनरिचमेन्ट) कार्यक्रम सैन्य आक्रमण वा अमेरिकाले नयाँ प्रतिबन्ध लगाउने धम्की दिए पनि नछोड्ने बताएको छ ।

आइतबार तेहरानमा आयोजित एक सार्वजनिक कार्यक्रममा इरानी विदेशमन्त्री अब्बास अराघचीले इरानलाई डर देखाएर उसको परमाणु नीति परिवर्तन गर्न नसकिने र अमेरिकाको नियतमाथि विश्वास नभएको बताए ।

उनको यो भनाइ इरान र अमेरिकाबीच ओमानमा वार्ता पुनः सुरु भएको समय आएको हो । इरानले आफूमाथि लगाइएका कडा आर्थिक प्रतिबन्ध हटाउन चाहन्छ भने अमेरिकाले इरानको परमाणु कार्यक्रममा रोक लगाउन चाहन्छ । अराघचीले युरेनियम सम्वर्द्धन इरानका लागि कुनै पनि हालतमा सम्झौताको विषय नभएको बताए ।

उनले कुनै पनि देशलाई इरानलाई के गर्ने भन्ने बताउने अधिकार नरहेको बताए । युद्धको धम्कीमार्फत यो काम गर भन्नु झन् गलत भएको उनको भनाइ छ । उनले खाडी क्षेत्रमा अब्राहम लिंकन युद्धपोतसहित अमेरिकी सैन्य तैनाथीले इरान त्रसित नहुने बताए । इरानी विदेशमन्त्रीले अमेरिकामाथि विश्वास गर्न गाह्रो रहेको र वाशिंगटनले साँच्चै कूटनीतिक समाधान चाहन्छ कि चाहँदैन भन्ने स्पष्ट नभएको प्रष्ट पारे । उनले इरानले आफ्नो स्वतन्त्रता र सम्मानविरुद्ध कुनै सम्झौता नगर्ने पनि दोहोर्या ए । पश्चिमी देश र इजरायलले लामो समयदेखि इरानले परमाणु हतियार बनाउन चाहेको आरोप लगाउँदै आएका छन् । तर, इरानले यो कुरा अस्वीकार गर्दै आएको छ ।

अराघचीले इरान कुनै परमाणु बमको खोजीमा नभएको प्रष्ट पारे । अमेरिकाले इरानको वरिपरि निरन्तर आफ्नो सैन्य शक्तिको प्रदर्शन गरिरहेको छ । इरानसँग वार्ता गर्ने अमेरिकी वार्ताकार स्टीभ विटकफ र राष्ट्रपति डोनाल्ड ट्रम्पका सल्लाहकार जारेड कुशनरले केही समयअघि अब्राहम लिंकन युद्धपोतको अवलोकन भ्रमण गरेका थिए । इरान र अमेरिकाबीच ओमानमा न्युक्लियर मुद्दामा फेब्रुअरी ६ मा वार्ता भएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसलाई ‘धेरै राम्रो’ भनेका थिए । तर, ट्रम्पले वातापछि एक आदेश जारी गर्दै इरानसँग कारोबार गर्ने देशहरूमा नयाँ ट्यारिफ लगाउने घोषणा गरे । इरानी तेल निर्यातसँग जोडिएका कम्पनी र जहाजहरूमा नयाँ प्रतिबन्ध पनि लगाइयो । युरेनियम सम्वर्द्धन भनेको युरेनियमलाई बढी शक्तिशाली बनाउने प्रक्रिया हो ।

प्रकृतिमा पाइने युरेनियम सिधै प्रयोगयोग्य हुँदैन । यसमा यू–२३५ भन्ने विशेष प्रकारको युरेनियम निकै कम मात्रामा हुन्छ । सम्वर्द्धन प्रक्रियामा यो यू–२३५ को मात्रा बढाइन्छ । युरेनियमलाई कति प्रतिशतसम्म सम्वर्द्धन गरिएको छ भन्ने त्यसको प्रयोग बिजुली उत्पादनमा हुन्छ कि परमाणु बम बनाउनमा भन्ने कुराले निर्धारण गर्छ । यदि, युरेनियमलाई ३ देखि ५ प्रतिशतसम्म सम्वर्द्धन गरियो भने त्यो परमाणु विद्युत् गृहमा प्रयोग हुन्छ । तर, ९० प्रतिशत वा त्यसभन्दा बढी सम्वर्द्धन गरियो भने त्यसलाई परमाणु बम बनाउन योग्य मानिन्छ । यसलाई नै वेपन–ग्रेड युरेनियम भनिन्छ । इन्डियाटुडे

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ असोज । शिक्षा तथा खेलकुद मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकहरू राजनीतिक दलका कार्यक्रमहरूमा सहभागी भइरहेको विषयमा गम्भीर ध्यानाकर्षण गराउँदै आवश्यक

काठमाडौँ, १६ असोज । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापालाई नियुक्त गरेको छ । मन्त्रालयको

काठमाडौँ, १६ असोज । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  ४ समस्याग्रस्त सहकारीको २२३ जनाको बचत फिर्ता गरेको छ। समितिका अनुसार शिव

काठमाडौँ, १६ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले देशभर निर्माणाधीन प्रसारण लाइनको निर्माण कार्यमा देखिएका अवरोधहरु हटाउन समन्वय थालेको