नेपाली क्रिकेटको टोलीलाई प्रधानमन्त्रीको शुभकामना

काठमाडौँ, २५ माघ । मुम्बईको प्रतिष्ठित वानखेडे स्टेडियममा आज आईसीसी टी–२० विश्वकपको समूह चरणअन्तर्गत नेपालले शक्तिशाली टोली इंग्ल्याण्डको सामना गर्दैछ । 

तेस्रोपटक विश्वकप खेलिरहेको यो महत्त्वपूर्ण घडीमा प्रधानमन्त्री सुशीला कार्कीले नेपाली टोलीलाई विशेष शुभकामना सन्देश दिँदै हौसला बढाएकी छन् ।

प्रधानमन्त्री कार्कीले सामाजिक सञ्जालमार्फत कप्तान रोहित पौडेलको नेतृत्वमा रहेको टोलीले आज वानखेडेको मैदानमा नेपालको आत्मविश्वास, एकता र सामूहिकताको बेजोड प्रस्तुति दिने विश्वास व्यक्त गरेकी छन्। 

उनले लेखेकी छन्, ‘आज मुम्बईको वानखेडे स्टेडियममा हाम्रो राष्ट्रिय धुन गुन्जिनेछ र त्यो विश्वले सुन्नेछ। कप्तान रोहित पौडेलको टोलीले देखाउनेछ- नेपालको आत्मविश्वास, एकता र सामूहिकताको बेजोड प्रस्तुति। तेस्रोपटक आईसीसी टी–२० विश्वकप खेलिरहेको नेपालसँग यतिखेर संसारभर फैलिएका प्रशंसकको साथ र विगतमा गरेका चमत्कार/सफलताको आड छ। इंग्ल्याण्डसँगको आजको ऐतिहासिक भेटअघि सिङ्गो राष्ट्रका तर्फबाट शुभकामना! विजयी भवः। अनि धेरै माया पनि ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ भदौ । परराष्ट्रमन्त्री शिशिर खनालले रसुवा बाढीपछि सुरुङमा फसेकाहरूको उद्धारमा विदेशी सहायता आवश्यक परेपछि सहयोग मागेको बताएका छन् ।

काठमाडौँ, १४ भदौ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भोटेकोशीमा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकाेट सहितका क्षेत्रमा भएको क्षति

काठमाडौँ, १४ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भोटेकोशी बाढीको विपदमा उद्धार र राहतको विषयमा अहिलेसम्म

काठमाडौँ, १४ भदौ । नेपाली कांग्रेसका सभापति गगन थापाले मुलुकमा आएको प्राकृतिक विपत्तिको समयमा सरकारलाई पूर्ण सहयोग गर्ने पार्टी तयार