पार्टीलाई सक्षम, सुदृढ र व्यवस्थित बनाउनुपर्छ : महामन्त्री कोइराला

काठमाडौँ, २९ मङ्सिर । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले पार्टीलाई सक्षम, सुदृढ र व्यवस्थित बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

शनिबारदेखि राजधानी काठमाडौंमा सुरु महासमिति बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दे महामन्त्री महतले पार्टीको बृहत् हितमा ओहदाभन्दा कामलाई प्राथमिकता दिनुपर्ने भन्दै पार्टी नेतृत्व तथा पदाधिकारीले आफ्नो पदिय हैसित भुल्नु नुहेन बताउनुभयो ।

उहाँले महासमिति बैठक नीति निर्माण तथा भावी रणनीति तयार गर्नुपर्ने बताउनुभयो । उहाँले निर्वाचनमा पराजयको कारणको खोजी पनि महासमितिमा गरिनुपर्ने उहाँको तर्क थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘जाडोको अवस्थामा रुखका पातहरु सुक्ने तर वृक्ष बाँचिरहने हुन्छ, पात झर्दै गर्दा उसले सँगै आउँदो वसन्त ऋतुमा हराभरा हुने तरंग दिने गर्दछ । सोहि अनुसार आगामी दिनमा यसैलाई बुझेर कांग्रेसले बीपीका सिद्धान्त र मान्यतालाई अघि बढाउँदै लैजानु पर्छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । मौसम प्रतिकूल हुने सम्भावना रहेकाले १२-१४ कात्तिकसम्म उच्च हिमाली क्षेत्रमा पदयात्रा नगर्न जिल्ला प्रशासन कार्यालय मुस्ताङ र

काठमाडौँ, ११ कार्तिक । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

धनगढी, ११ कार्तिक । कैलालीमा प्रहरीले भन्सार छली गरी भारतबाट ल्याइएको साढे ९ लाख बढिको सामानसहित पिकअप जिप बरामद गरेको

जनकपुरधाम, ११ कार्तिक । धनुषाको शहीदनगर नगरपालिकाबाट प्रहरीले २ किलो ४ सय ७० ग्राम गाँजासहित एक महिलालाई नियन्त्रणमा लिएको छ।