लागुऔषध सेवन गरी सवारी चलाउने ४ जना पक्राउ

काठमाडौँ, १ माघ । लागुऔषध सेवन गरेर सवारीसाधन चलाउने चारजना चालकलाई पक्राउ गरिएको छ । 

उपत्यका ट्राफिक प्रहरीको टोलीले बुधबार साँझ सीतापाइलाबाट चेकजाँचका क्रममा लागुऔषध सेवन गरी सवारीसाधन चलाएको देखिएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो  । 

पक्राउ परेकाहरूमा तीनजना सार्वजनिक बसका चालक छन् । एकजना भने ट्याक्सी चालक हुन् । बुधबार ट्राफिक, प्रहरी अस्पताल र लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको संयुक्त टोलीले बुधबार १८ वटा सवारीसाधनका चालकलाई जाँच गरेको थियो । जसमध्ये चारजनाले लागुऔषध सेवन गरेका खुलेको हो । उनीहरूमाथि प्रहरीले थप अनुसन्धान जारी राखेको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ माघ । दार्चुलामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार बुधबार महाकाली नगरपालिका–२ दल्लेख धार

काठमाडौँ, १ माघ । सुनसरीमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । जिल्ला

काठमाडौँ, १ माघ । बजारमा पिँडालु, तरुल र सखरखण्डको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले

काठमाडौँ, १ माघ । लागुऔषध सेवन गरेर सवारीसाधन चलाउने चारजना चालकलाई पक्राउ गरिएको छ ।  उपत्यका ट्राफिक प्रहरीको टोलीले बुधबार