बस र पिकअप ठोक्किँदा एक जनाको मृत्यु

काठमाडौँ, १ माघ । झापाको कनकाई नगरपालिका–३, नयाँ बस्तीस्थित पूर्व–पश्चिम लोकमार्गमा सवारी दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ भने १२ जना घाइते छन् ।

प्रहरीका अनुसार आज बिहान मे१च ४५१५ नम्बरको मालवाहक गाडी र ना५ख २१४९ नम्बरको बस एकापसमा ठोक्किँदा पिकअपमा सवार १८ महिनाका आरुत राजवंशीको मृत्यु भएको हो ।

घाइतेमध्ये केहीको अवस्था गम्भीर छ । दुर्घटनापछि फरार बस चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

मालवाहक गाडीका चालक बिर्तामोड नगरपालिका–६ का ३९ वर्षीय जाकिर हुसेनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ माघ । दार्चुलामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार बुधबार महाकाली नगरपालिका–२ दल्लेख धार

काठमाडौँ, १ माघ । सुनसरीमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । जिल्ला

काठमाडौँ, १ माघ । बजारमा पिँडालु, तरुल र सखरखण्डको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले

काठमाडौँ, १ माघ । लागुऔषध सेवन गरेर सवारीसाधन चलाउने चारजना चालकलाई पक्राउ गरिएको छ ।  उपत्यका ट्राफिक प्रहरीको टोलीले बुधबार