स्वास्थ्य करसम्बन्धी सबै बजेट स्वास्थ्य मन्त्रालयले पाउनुपर्छ : मन्त्री गौतम

काठमाडौँ, २५ पौष । स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले स्वास्थ्य कर कोषको बजेट सम्बन्धित मन्त्रालयमा नै खर्च गर्न अर्थ मन्त्रालयलाई दबाब दिएकी छन् ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री गौतमले विभिन्न देशका अनुभव र स्वदेश भित्रकै विज्ञहरूले दिएको सुझावको आधारमा पनि स्वास्थ्य मन्त्रालयले सो बजेट पाउनुपर्ने तर्क थियो । उनले सो कोषको बजेट सबै स्वास्थ्य मन्त्रालयले पाउनुपर्ने समेत बताइन् ।

उनले भनिन्, ‘कतिपय अवस्थामा विभिन्न टयाक्सहरू लगाऊ र यता देऊ भनेर हेल्थ फाइनान्सका समग्र कुराहरू आएका छन् । हाम्रो स्वास्थ्य कर कोषमा धुम्रपानको त उठेकै छ । त्यो पनि हामीले सबै पाउँदैनौ । अव सरकारलाई, अर्थ मन्त्रालयलाई घच्घच्याउनुछ । हामीले देशको इकोनोमिक अवस्था पनि रियलाइज गरौं । हामी सबै जिम्मेवार नागरिक हौँ । हामी त अझ विद्वान पढेलेखेका मान्छे हौँ । जसले गाइड गर्नुपर्छ सरकारलाई । गलत भयो भने पनि भएन भन्नुपर्छ सरकारलाई । हामीले माग्ने मात्रै होइन । त्यो हामीले गर्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ असोज । दाङको तुलसीपुर उपमहानगरपालिका -०७ गैरापातुस्थित स्कुल बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार आज

काठमाडौँ, २१ असोज । बाराबाट लोड भएको एक थान भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा

काठमाडौँ, २१ असोज । जनकपुरधामको मलंगवा नगरपालिकाका एक इन्जिनियरलाई १ लाख रुपैयाँ घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको

काठमाडौँ, २१ असोज । गुल्मीको धुर्कोट गाउँपालिका–५, अधेरीका २४ वर्षीय ऋषिराम भण्डारी मृत फेला परेका छन् । खेतमा पानी लगाउन