मन्त्रालय प्रवेशमा कडाइ

 काठमाडौं, २१ मंसिर । एक पूर्वलडाकुले विष सेवनको प्रयास गरेपछि गृहमन्त्रालय प्रवेशमा सर्वसाधारणलाई कडाइ गरिएको छ ।

 गृहमन्त्री रामबहादुर थापा अगाडि उनले विष सेवन गर्न नपाए पनि कार्यकक्षमा छिर्नुअघि नै उनले विष सेवन गरिसकेको खुलेको थियो । हाल नेपाल प्रहरी अस्पतालमा उपचारपछि उनको डिस्चार्ज भइसकेको छ ।

घटनापछि त्यहाँ रहेका सुरक्षा निकायका अधिकारीहरुलाई सर्वसाधारणलाई मन्त्रालय प्रवेशमा कडाइ गर्न निर्देशन दिइएको स्रोतको भनाइ छ ।

अहिले सिंहदरबार छिर्नुअघि पास देखाएर गृहको गेटमा पुगेका व्यक्तिलाई त्यहाँ पुनः परिचय पत्र देखाउन लगाइन्छ । त्यसपछि भेट्नु पर्ने व्यक्तिसँग फोन गरेपछि मात्रै भित्र जाने अनुमति दिइन्छ । भित्र विद्युतीय सुरक्षा बारबाट कटिसकेपछि व्यक्तिगत विवरणको रेकर्ड राखिने स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । मौसम प्रतिकूल हुने सम्भावना रहेकाले १२-१४ कात्तिकसम्म उच्च हिमाली क्षेत्रमा पदयात्रा नगर्न जिल्ला प्रशासन कार्यालय मुस्ताङ र

काठमाडौँ, ११ कार्तिक । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

धनगढी, ११ कार्तिक । कैलालीमा प्रहरीले भन्सार छली गरी भारतबाट ल्याइएको साढे ९ लाख बढिको सामानसहित पिकअप जिप बरामद गरेको

जनकपुरधाम, ११ कार्तिक । धनुषाको शहीदनगर नगरपालिकाबाट प्रहरीले २ किलो ४ सय ७० ग्राम गाँजासहित एक महिलालाई नियन्त्रणमा लिएको छ।