स्क्रब टाइफसबाट दुई जनाको मृत्यु

काठमाडौँ, २८ असोज । स्क्रब टाइफसका कारण सल्यानमा दुई जनाको मृत्यु भएको छ ।

स्वास्थ्य सेवा कार्यालय, सल्यानका अनुसार बागचौर नगरपालिका–१ का गजेन्द्र केसी र दार्मा गाउँपालिका–३ का ४७ वर्षीया यनकुमारी खत्रीको उच्च ज्वरोका कारण उपचारका क्रममा मृत्यु भएको हो ।

उनीहरूलाई जिउ दुख्ने र ज्वरो आउनेजस्ता स्वास्थ्य समस्या देखिएपछि औषधि सेवन गरे पनि उच्च ज्वरो नघटेकाले श्वासप्रश्वासमा समस्या भएको थियो । त्यसपछि थप उपचारका लागि अस्पताल पुर्‍याइए पनि उपचारका क्रममा मृत्यु भएको हो ।

स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको कीटजन्य शाखाका अनुसार हालसम्म ६ हजारभन्दा बढी केसहरू पुष्टि भएका छन् । कीटजन्य शाखाका प्रमुख डा. गोकर्ण दाहालले समयमै निदान र उपचार नभए यो रोग प्राणघातक हुनसक्ने बताउँछन् । यद्यपि यसको उपचार भने सहज र निःशुल्क उपलब्ध रहेको उनको दाबी छ ।

हाल स्क्रब टाइफसका सङ्क्रमितहरू नेपालका ६८ भन्दा बढी जिल्लाहरूमा देखिएका छन्, खासगरी नुवाकोट, धादिङ, चितवन, पाल्पा, कैलाली, कञ्चनपुर, दाङ, सङ्खुवासभा, कास्की, लमजुङ, तनहुँ, स्याङ्जा, रोल्पा, अछाम, डडेलधुरा र डोटी लगायतका जिल्लाहरूमा यसको सङ्क्रमण बढी देखिएको छ । हालसम्म स्क्रब टाइफस पहाडी र शहरी क्षेत्रमा देखिएको प्रमुख डा. दाहालले बताए । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ भदौ । हुम्लाकाे ताँजाकाेट गाउँपालिकाकाे कार्यालय आगलागी भएकाे छ । राति १ बजेकाे समयमा ताजाँकाेट गाउँपालिका कार्यालय आगलागी भएकाे

काठमाडौँ, ८ भदौ । प्रहरीले गोप्य सूचनाका आधारमा लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय

काठमाडौँ, ८ भदौ । जङ्गलमा लुकाई छिपाइ राखेको एक थान कटुवा पेस्तोल जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बरामद गरेको छ ।

काठमाडौँ, ८ भदौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ