विराटनगरको भाटभटेनी सुपरमार्केटमा जलेको अवस्थामा शव फेला

काठमाडौँ, ३० भदौ । विराटनगरस्थित भाटभटेनी सुपरमार्केटको भवनमा जलेको अवस्थामा एक शव फेला परेको छ ।

मोरङ प्रहरीका अनुसार आज दिउँसो सुपरमार्केटको दोस्रो तल्लामा पूर्णरूपमा जलेको अवस्थामा शव भेटिएको हो ।

मोरङका एसपी नारायणप्रसाद चिमोरियाले कसको कंकाल हो भन्ने खुल्न नसकेको बताए । हालैको जेनजी प्रदर्शनका क्रममा प्रदर्शनकारीहरूले विराटनगरको भाटभटेनीमा आगजनी गरेका थिए । प्रहरीको प्रारम्भिक अनुमानअनुसार, सोही आगजनीको बीचमा लुटपाटका लागि भित्र पसेका एक व्यक्तिको जलेर मृत्यु भएको हुन सक्छ । 

शव पूर्ण रूपमा जलेको अवस्थामा भेटिएकोले पहिचान गर्न कठिन भइरहेको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्ध र बढ्दो भ्रष्टाचारविरुद्ध जेनजी प्रदर्शन भएको थियो । सोही क्रममा विराटनगरसहित कोसी प्रदेशका विभिन्न स्थानमा रहेका भाटभटेनीका शाखाहरूमा तोडफोड र आगजनीका घटना भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ कार्तिक । दार्चुलाको शैल्यशिखर नगरपालिका–९ गाजरीमा जुवातास खेलिरहेको अवस्थामा केशव समेत ८ जना पक्राउ परेका छन् । प्रहरीका

काठमाडौँ, ८ कार्तिक । सप्तकोशी नदीमा भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। एक जना घाइते

काठमाडौँ, ८ कार्तिक । दसैंको मुख्य अवधि १ देखि ८ कात्तिकसम्म ८ दिनमा काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजारमा झन्डै

काठमाडौँ, ८ कार्तिक । सरकारले बाढीको पूर्व सूचना प्रणालीलाई प्रभावकारी बनाउँदै हिमताल विस्फोटको जोखिम न्यूनीकरण गर्न ६ ओटा प्रमुख नदी