फरार ३७ जना कैदीबन्दी पक्राउ

काठमाडौँ, २९ भदौ । जेनजी आन्दोलनका क्रममा देशभरिका विभिन्न कारागारहरूबाट फरार भएका ३७ कैदीबन्दीलाई जिल्ला प्रहरी कार्यालय काभ्रेले नियन्त्रणमा लिएको छ ।

३७ कैदीबन्दीहरुलाई जिल्लाका विभिन्न स्थानबाट नियन्त्रणमा लिएर सम्बन्धित कारागार कार्यालयहरूमा पठाईएको छ ।

पक्राउ परेका मध्ये केन्द्रीय कारागारका १८ जना, डिल्लीबजार कारगारका १४ जना, नख्खु कारागारका ३ जना र सिन्धुली कारागारका २ जना छन् ।

प्रहरीका अनुसार कर्तव्य ज्यानका १२ जना, जबरजस्ती करणीका ९ जना, लागुऔषधका ४ जना, चोरीका ४ तथा अपहरण तथा शरिर बन्धकका २ जना, सवारी ज्यानका २ जना, ओभर स्टे १ जना, ठगिका २ जना र मानव बेचविखनका १ जनालाई सम्बन्धित कारागार कार्यालयहरुमा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असाेज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले नेपालले डिजिटल रूपान्तरणलाई प्रविधिको विस्तार, सरकारी सेवाको आधुनिकीकरण र कार्यक्षमता अभिवृद्धिमा

काठमाडौँ, ४ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले ‘राइट टु रिकल’ कार्यान्वयन गर्ने विषयमा छलफल गरेको छ । आज केन्द्रीय कार्यालय वनस्थलीमा

काठमाडौँ, ४ असाेज । जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत र प्रभावकारी बनाउने उद्देश्यले परराष्ट्र मन्त्रालयले पहिलोपटक वातावरण कूटनीति शाखा

काठमाडौँ, ४ असाेज । राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले दाहाललाई मोरङको सुन्दरहरौचाबाट साइबर